ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका-६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुई वटा घर पुरिएका छन भने दुई जना बेपत्ता भएका छन् ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छ भने एकलाई सामान्य चोट लागेको छ ।
निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । निरन्तरको वर्षाले पहिरो खसेको हो ।







