२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित रहेको छाता संगठनको दाबी

अ+ अ-

काठमाडौँ। जेन जेडले मंगलबार गरेको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ ।

आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यालयमा क्षति पुगेको हो ।

प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यालयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनका प्रतिनिधिले बताएका छन् ।

बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यालयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

मंगलबार राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड र लुटपाट गर्न खोजिए पनि नेपाली सेनाका कारण मानवीय र नगद नोक्सानी नभएको उनले बताए ।

त्यसैगरी केही स्थानका एटीएम मेसिन तोडफोड गरी नगद झिक्न खोजिए पनि त्यो असम्भव हुने भएकाले नगदको नोक्सानी हुनबाट बचेको कोइरालाको भनाइ छ ।

उनका अनुसार हालसम्म कुनै पनि बैंकको कार्यालयबाट नगद लुट्ने खालको गतिविधि भएको छैन । कार्यालयका झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भने भएका छन् ।

मंगलबारको प्रदर्शनका कारण के कस्ता क्षति भयो भन्ने यकिन जानकारी नआइसकेको उनले बताए ।

बैंकका कार्यालयमा भएको क्षतिका सन्दर्भमा बुधबार मात्रै संकलन सुरु गरेको उनको भनाइ छ ।