काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा आगजनीका कारण क्षतिग्रस्त भएका ललितपुर जिल्लास्थित ११ वटा प्रहरी इकाई पुन:स्थापना भएका छन् ।
नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षा व्यवस्थासहित आजदेखि ती प्रहरी इकाई पुनः सञ्चालनमा ल्याइएका हुन् ।
जसमा ३ वटा प्रहरी वृत्त, ८ वटा प्रहरी प्रभाग र एउटा वडा प्रहरी कार्यालय रहेको छ । प्रहरी वृतमा महानगरीय प्रहरी वृत्त सातदोबाटो र चापागाउँ रहेका छन् भने प्रभागमा ईमाडोल, लुभु, मंगलबजार, सानेपा, पुल्चोक, लाकुरीभन्याङ, हनुमानस्थान र पाटनढोका रहेका छन् । यस्तै एउटा वडा प्रहरी कार्यालयमा पनि रहेको छ । जसमा वडा प्रहरी कार्यालय लगनखेल रहेको हो ।
सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सेनाको सक्रिय समन्वयमा शान्ति र सुरक्षा प्रबन्धलाई प्राथमिकता दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।







