२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि काँग्रेस नेता पौडेलको आह्वान

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै यस्तो आह्वान गरेका हुन् । 

भ्रष्टाचारविरुद्ध जेनजी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन गर्न र पार्टी नेतृत्वले राजीनामा दिई छ महिना भित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।  

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा युवाहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै पौडेलले एक विज्ञप्तिमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । 

उनले शान्तिपूर्ण आन्दोलनमा भएको बल प्रयोगको निन्दा गर्दै आन्दोलनको आडमा घुसपैठ गरी निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहको कार्यको पनि भर्त्सना गरेका छन् । पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक तथा राष्ट्रसेवक व्यक्तिहरूमाथि भएको हमलाको समेत निन्दा गर्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् । 

देशलाई राजनीतिक र संवैधानिक शून्यताबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै पौडेलले राष्ट्रपतिले थालेको संवादको पहललाई स्वागत गर्दै उनले युवाले उठाएका भ्रष्टाचार र कुशासनविरुद्धका आवाज जायज भएको स्वीकार गरेका छन् । यस संकटलाई राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने पौडेलको भनाइ छ ।  

मुलुकलाई तत्काल निकास दिन नेपाली काँग्रेसले बैठक आयोजना गरेर निकास खोज्न नेता पौडेलको माग छ ।