काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच मुलुकको राजनीतिक निकास खोज्ने उद्देश्यले बैठक बस्ने तयारी भएको छ।
जङ्गी अड्डामा केहीबेरमा सुरु हुन लागेको उक्त बैठकमा मुलुकको सङ्कट समाधानबारे उच्च तहमा छलफल हुने बताइएको छ। तर, यो पहललाई जेन जेड पुस्ताले भने अस्वीकार गरेको छ।
जेनजेड समूहका एक सदस्यले प्रशासनसँग कुरा गर्दै भने, “देशको नेतृत्व कसले लिने भन्ने विषयमा देशभरका जेन जेडहरुसँग व्यापक छलफल गर्नुपर्छ। अहिलेको अवस्थासम्म ल्याउनमा देशभरकै जेनजेड पुस्ताको बराबर भूमिका रहेको छ, त्यसैले निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अनिवार्य हुनुपर्छ।”
जेन जेड पुस्ताले नेतृत्वको निर्णय केवल शीर्ष निकायमा सीमित नराखी आफ्नो पुस्ताको विचारलाई पनि समावेश गर्नुपर्ने माग गर्दै औपचारिक बैठकलाई मान्यता नदिने चेतावनी दिएका छन्।







