२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘२०७२ को संविधान नै प्रतिक्रान्तिविरुद्धको बलियो किल्ला हो’ – बृहत् नागरिक आन्दोलन

अ+ अ-

काठमाडौँ । बृहत् नागरिक आन्दोलनले नेपालको संविधान २०७२ लाई प्रतिक्रान्तिलाई परास्त गर्ने सबैभन्दा बलियो किल्ला भएको बताउँदै त्यसकै आधारमा जेन जेड क्रान्तिको सफलताको बाटो पहिल्याउनुपर्नेमा जोड दिएको छ। आन्दोलनले संविधानको संरक्षकका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको अभिभावकत्वमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको छ।

आन्दोलनले अब बन्ने नागरिक सरकारलाई संविधानको आडमा उभ्याएर भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतापूर्वक अघि बढ्नुको विकल्प नभएको जनाएको छ। “संविधानले दिएको गम्भीर उत्तरदायित्व र जेनजेड क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गर्नुपर्छ। सेनाले तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको अन्तरक्रिया बन्द गर्नुपर्छ र राष्ट्रपतिको सहभागितामा मात्र आगामी छलफल र कार्यक्रमहरू सञ्चालन हुनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनले बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारी शक्तिहरूलाई कुनै पनि स्थान नदिने सुनिश्चितता आवश्यक भएको प्रस्ट पारेको छ। यस सन्दर्भमा जेनजेड आन्दोलनलाई जस्तोसुकै साथ दिन पनि नागरिक समाज तयार रहेको जनाएको छ।

राजतन्त्र फर्काउने षड्यन्त्र अस्वीकार्य
आन्दोलनले जेनजेड आन्दोलनका शहीदहरूको बलिदानलाई बेवास्ता गर्दै सेनाको सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र मञ्चन भइरहेको आरोप लगाएको छ। “यो हामीलाई पटक्कै स्वीकार्य छैन। जेनजेड आन्दोलनको म्यान्डेट गणतन्त्र र धर्मनिरपेक्षतालाई हटाउने वा सेनाको असंवैधानिक सक्रियता बढाउने होइन,” आन्दोलनको वक्तव्यमा भनिएको छ।

आन्दोलनले जेनजेड आन्दोलनमा घुसपैठ गर्ने तत्त्वहरू हाल सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको जानकारी बाहिर आएकोप्रति चिन्ता प्रकट गरेको छ। “नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सच्याउनुपर्छ,” वक्तव्यमा भनिएको छ।

आन्दोलनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति पनि शंका प्रकट गर्दै भनेको छ, “यदि उनले यिनै तत्वहरूसँग सहकार्य गरिरहेका छन् वा सेनालाई नागरिकमाथि दबाब बढाउन प्रेरित गरिरहेका छन् भने उनलाई प्रतिक्रान्तिका नायकका रूपमा चिन्नेछौँ। उनले तुरुन्त आफ्नो धारणा स्पष्ट पार्नुपर्छ।”

फेरि सडक आन्दोलनको तयारी
आन्दोलनले जेनजेडका कार्यकर्ताहरूले प्रतिक्रान्तिविरुद्ध देशभरका नागरिकसँग सहयोग मागिरहेको र नागरिक समाज, राजनीतिक तथा पेशागत संगठनहरूले पनि निर्धक्क सहयोग गर्नुपर्ने स्पष्ट पारेको छ।

“प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजेडहरूले फेरि सडकमा जानुपर्ने अवस्था देखिँदै छ। उनीहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौँ,” वक्तव्यमा भनिएको छ।