काठमाडौँ। नेपाल तरुण दलले जेन जेडको माग पूरा गर्न भन्दै चाबहिल क्षेत्रमा प्रदर्शन गरेको छ ।
बिहीबार दिउँसो चाबहिलमा तरुण दलका युवाहरूले छातीमा पम्प्लेट टाँस्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘राष्ट्रपतिलाई सार्वजनिक गर, जेन जेडको माग पूरा गर’ भन्दै नाराबाजी समेत गरेका छन् ।







