काठमाडौँ। जेन जेड प्रदर्शनका क्रममा मृत्यु भएकाको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा रहेका मृतकको सम्झनामा उनका आफन्तहरूले मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गरेका हुन् ।
श्रद्धाञ्जली सभामा उनका आफन्तहरू भावविह्वल अवस्थामा देखिन्थे। स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको छ ।
प्रदर्शनका क्रममा घाइते भएका १ हजार ३६८ जनामध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएका छन् ।







