२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षतिको विवरण संकलन र सेवा प्रवाह सुचारु गर्ने सचिवस्तरीय बैठकको निर्णय

अ+ अ-

काठमाडौँ । बिहीबार बसेको सचिवस्तरीय बैठकले सिंहदरबार परिसरमा तोडफोड भएका कार्यालयहरूको क्षतिको विवरण संकलन गर्ने र त्यसको मुचुल्का तयार गर्ने निर्णय गरेको छ। यसका लागि सम्बन्धित मन्त्रालयका कर्मचारीले प्रहरीको रोहवरमा कार्य गर्ने र विभागीय स्तरमा विभाग प्रमुख तथा कार्यालय स्तरमा कार्यालय प्रमुखले विवरण संकलन गर्ने व्यवस्था मिलाइने जनाइएको छ। सोही अनुशार प्रदेश र स्थानीय तहमा पनि समान कार्य हुने व्यवस्था मिलाइने भएको एक सचिवले जानकारी दिए।

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय भर्चुअल बैठकले प्रमाण संकलनका क्रममा फोटो तथा भिडियो तयार गरी सुरक्षित राख्न सम्बन्धित कार्यालयका कर्मचारीलाई निर्देशन दिइएको छ। यस्ता सम्पूर्ण कार्य कर्मचारीहरूले नै गर्ने र भविष्यमा संरचना पुनःनिर्माण वा नयाँ संरचना तयार गर्दा सहयोग पुग्ने गरी काम गर्न तत्पर रहने निर्णय पनि बैठकले गरेको छ।

बैठकले हालको विषम परिस्थिति र नजिकिँदै गरेका चाडपर्वलाई ध्यानमा राखी नागरिकलाई अत्यावश्यक सेवा प्रवाह सुनिश्चित गर्न विभिन्न निर्देशन जारी गरेको छ। यसक्रममा सम्बन्धित कार्यालयमा खटाइएका कर्मचारीहरू सुरक्षासहित कार्यालयमै उपस्थित भई सेवा प्रवाहमा सक्रिय रहन भनिएको छ।

अध्यागमन, राहदानी, कन्सुलर, वैदेशिक रोजगार, श्रमलगायत नागरिकसँग प्रत्यक्ष सरोकार भएका सेवा तुरुन्त शुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ। साथै, राजश्व सम्बन्धी कार्यालयहरू सुरक्षाको समन्वयमा सञ्चालन हुने व्यवस्था मिलाइने भएको छ।

अत्यावश्यक वस्तुसहित आपूर्ति प्रणाली सहज बनाउन सम्बन्धित निकायलाई तदारुकताका साथ काम गर्न भनिएको छ। त्यस्तै, कर्मचारीतन्त्रलाई उच्च मनोबलका साथ नागरिकले खोजेको शासकीय व्यवस्था स्थापना गर्ने लक्ष्यसहित सेवाप्रवाहका लागि तत्पर रहन पनि बैठकले निर्देशन दिएको छ।