२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटको शान्ति-सुरक्षा सामान्य

अ+ अ-

त्रिशूली (नुवाकोट) । नुवाकोटको अवस्था सामान्य हुँदै गएको छ । जेन जेड समूहको प्रदर्शनका कारण गत सोमबारदेखि भइरहेको विरोध तथा आगजनीबाट अशान्त भएको जिल्लाको अवस्था अहिले शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।

उनका अनुसार अहिलेको विषम परिस्थितिको फाइदा उठाउँदै हुनसक्ने अराजक गतिविधि रोक्न निषेधाज्ञा भने जारी राखिएको छ ।

प्रजिअ घिमिरेका अनुसार, नेपाली सेनासहितको सुरक्षाकर्मीबाट जिल्लाको शान्ति, सुरक्षाको भरपर्दो प्रत्याभूति उपलब्ध गराइ अवस्था सामान्य बनेको छ । नियमित रूपमा पेशा व्यवसाय सञ्चालन, आवतजावतसहित आमनागरिकको दैनिक जनजीवन पूर्ववत् अवस्थामा फर्किएको छ ।

जिल्लामा जारी रहेको निषेधाज्ञाको समयमा बिना उद्देश्यले पाँच जनाभन्दा बढीको समूहमा भेला हुन, आवतजावत गर्न भने रोक लगाइएको छ । रातको समयमा कफ्र्यू लगाइने हुँदा उक्त समयमा आवतजावत गर्नैपर्ने अवस्था आएमा सुरक्षाकर्र्मीसँग समन्वय गर्न भनिएको छ ।

जेनजी समूहको विरोध प्रदर्शनका क्रममा जिल्लामा रहेका राजनीतिक दलका पार्टी कार्यालय, दलका नेताका घरमा आगजनीसहितको विरोध प्रदर्शनले सुरक्षाको अवस्था कमजोर भए पनि अहिले सामान्य हुँदै आएको छ ।

विशेषगरी अहिलेको विषम परिस्थितिको मौका छोपी चोरी, डकैती, लुटपाटलगायत अवाञ्छित गतिविधि हुनसक्ने भएकाले आम नागरिकलाई पनि सजग र सचेत भएर शान्ति सुरक्षा कायम गर्नका लागि सेनाले अपिल गरेको छ ।