२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फरार कैदीबन्दीलाई कारागारमा उपस्थित हुन निर्देशन

अ+ अ-

सुदूरपश्चिम । भदौ २४ गतेको प्रदर्शनका क्रममा कैलाली कारागारबाट फरार भएका कैदीबन्दीलाई तत्काल कारागारमा उपस्थित हुन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

फरार भइरहने अवस्थाको निरन्तरता भएमा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिनुका साथै भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत असर पर्न सक्नेतर्फ स्मरण गराउँदै कार्यालयले आज एक सूचना जारी गरी कारागार र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर आत्मसमर्पण गर्न आग्रह गरेको हो । सूचनामा कैदीबन्दीले आत्मसमर्पण गरी सार्वजनिक सम्पत्ति संरक्षण, समाजमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरिएको छ ।

प्रदर्शनका क्रममा कारागारबाट ६६० कैदी बन्दी फरार भएकामा आजसम्म १२ महिलासहित ९२ जना फर्किएका कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले आजै अर्को सूचना जारी गर्दै यही भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरिएपश्चात् चोरी र लुटपाट गरिएका सरकारी जिन्सी र बहुमूल्य समान बिक्री गर्नुका साथै घरमा लुकाइछिपाई राखिएको हुनसक्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेकाले त्यस्ता समान बिक्री नगर्न/नगराउन, सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायमा जानकारी गराइदिन अनुरोध गरेको छ ।

त्यस्ता समान नबुझाई कसैले आफैँसँग राखेमा वा खरिद–बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने कार्यालयले सचेत गराएको छ ।