२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्की र तनहुँ कारागारबाट फरार ६ कैदीबन्दी गोरखामा पक्राउ

अ+ अ-

गोरखा । कास्की र तनहुँ कारागारबाट फरार भएका ६ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले कास्की कारागारका पाँच र तनहुँ कारागारका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका-६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामा छन्।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेन्जिन रिग्जिनलाई गत भदौ २५ र सोनाम दोर्जेलाई २६ गते नियन्त्रणमा लिएको उनले जानकारी दिए । चुम्चेतकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरू चारै जनाले गत २०७४ कात्तिक २० गतेदेखि कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए । 

यस्तै, कास्की कारागारबाट भागेका भीमसेन थापा गाउँपालिका-१ मसेलका राजेश विश्व सुनार पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा विसं २०७५ असारदेखि कैद सजाय भुक्तान गरिरहेका विश्व पनि गत भदौ २४ गते भागेर गोरखा आइपुगेका थिए । उनलाई शुक्रवार पक्राउ गरिएको हो । 

यस्तै, तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका सिरानचोक गाउँपालिका-८ का विशाल उपर कोटिलाई पनि प्रहरीले शुक्रवार गोरखाबाटै पक्राउ गरेको छ । चोरी मुद्दामा गत वैशाख १२ गतेदेखि कैद सजाय भोगिरहेका उनी पनि गत भदौ २४ गते तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका थिए ।