काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ ।
हेटौँडा-२ बुद्धचोकस्थित बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार हेटौँडा-१ घर भएका ५२ वर्षीय खड्कालाई नियन्त्रणमा लिएको छ । बानियाँमाथि कुटपिट भएपछि खड्कामाथि पनि हातपात भएको बताइएको छ ।
उपमेयर बानियाँमाथि खड्काले किन कुटपिट गरे भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







