२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन

अ+ अ-

कैलाली । जेन जेड प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवा प्रवाह सञ्चालन गरेको छ ।

क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले सवारीसाधन पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवा प्रवाह सञ्चालन गरिएको हो । 

भन्सार कार्यालयको पश्चिम–दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधन स्रोतबाट सेवा सञ्चालन गरिएको भन्सार कार्यालयले जनाएको छ । सो भवनबाट बैंकको काउन्टर, आयात निर्यातको स्वीकृतिलगायतको काम हुँदै आएको भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले बताए । 

भन्सार कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट प्रशासनिक भवन, कर्मचारी निवास, सवारीसाधन, महत्त्वपूर्ण फाइलहरू, तथ्याङ्कलगायत सामग्री नष्ट भएको उनले जानकारी दिए। उनले भने, “हामीसँग उपलब्ध भएका स्रोतसाधनको प्रयोगमार्फत कार्यालय सञ्चालन गरी सो भवनबाट सेवा प्रारम्भ गरेका छौँ ।”

कैलाली भन्सार कार्यालयले आयात निर्यातको काम आजदेखि पुनः सञ्चालन गरेको छ । नेपाल आयल निगम धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्यांकर भने बिहीबार नै धनगढी आयात गरिएको थियो । आजदेखि अन्य अति आवश्यक वस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले पूर्ण रूपमा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए । आज मात्रै भारतबाट सो भन्सार भएर २५ वटा माल बाहक गाडी भित्रिएको कार्यालयले जनाएको छ ।