२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा

अ+ अ-

काठमाडौँ । जेन जेड अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरू खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।

मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरूको उत्तर दिइरहेका थिए ।

तर, अचानक उनलाई बाहिरबाट प्रेसमिटमा छिरेका व्यक्तिले सोध्छन्, ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईँहरूले कार्यान्वयन गर्न सक्नुभएको छ ? तपाईँहरूले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईँहरूलाई ?’

यसपछि सुधनले सोध्छन्, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ।’

प्रश्नकर्ताले भन्छन्, ‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन् ।’ सुधनले भन्छन्, ‘हामी फेरि आन्दोलन गर्छौ । आउनै दिन्नौँ । नेताहरूलाई घरबाट निस्कनै दिन्नौँ ।’ सुधन यतिमै रोकिँदैनन्, ‘एक छिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त ।’

प्रश्नकर्ताको प्रश्नले सुधन रिसाउँछन् । चिच्याउँदै बोल्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन रु आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’ यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आ-आफ्नै सुरमा बोल्न सुरु गर्छन् । सुधन पोडियमबाट बाहिरिन्छन् ।