काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा पहिलो औपचारिक मन्त्रिपरिषद् बैठक आज साढे ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दै छ।
बैठकमा विशेषगरी जेन जेड आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको पुनः स्थापना, राहत तथा अन्य सम्बन्धित निर्णयका विषयमा छलफल हुन सक्ने प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ ।
साथै, मन्त्रालयहरूका नियमित प्रस्तावहरू माथि छलफल तथा निर्णय हुनेछन् ।
आज मात्रै प्रधानमन्त्री कार्कीले थप तीन जना मन्त्रीहरूले नियुक्ति गरेकी थिइन् । यससँगै अब सरकारले गति लिन शुरु गरेको बताइएको छ ।







