२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूग्ध उत्पादन किसानलाई अनुदान

अ+ अ-

बागलुङ । किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूध संकलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा रु पाँच अनुदान पाएका छन् । 

आर्थिक वर्ष २०८१/८२ मा बागलुङका आठ वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले रु ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन् । अनुदानबाट झण्डै आठ सय किसान लाभान्वित भएका छन् ।

अनुदान पाउनका लागि दूधको खरिद बिक्री गरेको प्रमाण र एक दिनमा न्यूनतम दुई सय लिटर दूधको कारोबार गर्ने सहकारीमार्फत किसानले अनुदान प्राप्त गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाका अनुसार केन्द्रको सफल तथा प्रभावकारी कार्यक्रममध्ये उत्पादनका आधारमा दूध किसानले पाउने प्रोत्साहन रकम रहेको छ । किसानले उत्पादन गरेको दूध सोझै बजारमा बिक्री गर्नेले भने अनुदान नपाउने सापकोटाको भनाइ छ ।

“उत्पादनका आधारमा अनुदान निकै प्रभावकारी अनुदान कार्यक्रम हो, किसानले जति धेरै उत्पादन गर्छन् उति नै बढी अनुदान पाउँछन्, चालु आवमा समेत दूध किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन रु ३८ लाख बजेट व्यवस्थापन गरिएको छ”, सापकोटाले भने, “दूध उत्पादन भएर एकमुष्ट बजारीकरण गर्न किसानलाई सहकारीमार्फत अनुदान दिएका छौँ, उक्त अनुदान वार्षिक रूपमा बढ्दै आएको छ ।”

आव २०७८/७९ मा चार लाख २० हजार लिटर दूधमा अनुदान वितरण गरेको केन्द्रले गत आवमा सात लाख ४६ हजार ५५४ लिटर दूधमा रु ३७ लाख ३२ हजार ७६८ अनुदान वितरण गरेको थियो । किसानलाई १० लाख लिटर दूधमा अनुदान दिन सक्ने विज्ञ केन्द्रको भनाइ छ । 

बागलुङ बजारमा जिल्ला सहकारी संघमा १५ उत्पादन सहकारीले दूधको संकलन गरेर पठाउने भए पनि दैनिक दुई सय लिटर दुधको कारोबार गर्ने सहकारी जम्मा ८ मात्रै हरेकाले मापदण्ड अनुसार आठ वटा सहकारीमा दूध संकलन गर्ने किसानले मात्रै उत्पादनका आधारमा प्रतिलिटर रु पाँचका दरले अनुदान प्राप्त गरेका हुन् ।