२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश सभामा ४० करोड बराबरको क्षति 

अ+ अ-

काठमाडौँ । जेन जेडको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित रहेको मधेस प्रदेश सभा र सचिवालयमा रु. ४० करोड  मूल्य  बराबरको भौतिक सामग्री क्षति भएको छ ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति पुर्‍याएको राससलाई जानकारी दिए ।

त्यस्तै प्रदर्शनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेको उहाँले भन्नुभयो । तोडफोडमा प्रदेश सभा सचिवालयको हायसगाडीमा आगजनी गरेर ध्वस्त बनाएको छ भने सभामुख मण्डलको निजी गाडीको सिसा तोडफोड गरेर  क्षतिग्रस्त बनाएको बताइएको छ ।

कार्यालयभित्र भएका फर्निचर, कम्प्युटर, ल्यापटप, इटरनेट, टेलिभिजन र पङ्खालगायतका भौतिक सामग्री लुटपाट गर्नुका साथै जलाएर पूर्ण क्षतिग्रस्त बनाएको उनले जानकारी दिए। साथै सभामुख मण्डलले आफ्नो निवासमा पनि आन्दोलनकारीहरूले तोडफोड गर्नुका साथै तीन तोला सुनको गहना लुटेर लगेको जानकारी दिँदै यो एकदम गम्भीर एवं दु:खद् विषय भएको बताए ।

त्यस्तै प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन समेत लुटपाट भएको सचिवालयले जनाएको छ । यसैबीच मधेस प्रदेश सभाबाट आन्दोलनको नाममा  लुटपाट गरी लगिएको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामरा, मनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन, एसीलगायत विद्युतीय उपकरणका साथै भौतिक सामग्रीलगायतका सामान फिर्ता गर्न अनुरोध गरिएको छ । मधेस प्रदेशका सचिव वासुप्रसाद कोइरालाद्वारा लिखित सूचनामा उपरोक्त विद्युतीय सामग्री फिर्ता पठाउन अनुरोध गरिएको छ ।