काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई यथाशीघ्र आफ्नो जिम्मेवारीमा उपस्थित हुन भनेको छ ।
मन्त्रालयका अनुसार, केही कर्मचारीहरू तोकिएको स्थानीय तहमा हाजिर नहुँदा नियमित कामकाजमा असर परेको भन्दै सम्बद्ध निकायलाई तत्काल रमाना दिन पनि निर्देशन दिइएको छ।
स्थानीय तहमा प्रभावकारी सेवा प्रवाह र वित्तीय सुशासन सुनिश्चित गर्न, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको मन्त्रालयले जनाएको छ।
ती कर्मचारीहरूलाई निजामती सेवा ऐन तथा नियमावली अनुसार यथाशीघ्र रमाना गराउन आवश्यक रहेको मन्त्रालयको भनाई छ ।
यद्यपि, केही कर्मचारीको हकमा शारीरिक अस्वस्थता तथा विद्यमान कानुनभन्दा बाहिर पनि पर्न गएकोले त्यस्तो खालको सरुवा सच्याउनु पर्ने र कतिपयको हकमा काम प्रतिशोधको गन्धसमेत आएको भन्दै त्यस्ता सीमित र निश्चित कर्मचारीको हकमा पुनर्विचार गर्नुपर्ने कतिपय कर्मचारीहरूको भनाई छ । तर पछिल्लो समय स्थानीय तहमा निमित्त निमिट्यान्न पार्ने कार्य भने प्रसंनिय छ ।







