२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोडफोड र आगजनीमा संलग्न कर्मचारी र जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गर्ने तयारी

अ+ अ-

काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले तोडफोड र आगजनीमा संलग्न तीन जनप्रतिनिधि तथा ५ कर्मचारीलाई कारवाहीको तयारी गरेको छ ।

भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न वडा नं ४ का दुई वडा सदस्य, वडा नं १५ का एक वडा सदस्यसहित ५ जना कर्मचारी भएको भिडियोमा भेटिएको भन्दै उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको नगरपालिकाका स्रोतले जनाएको छ ।

नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोडको घटनामा निर्वाचित जनप्रतिनिधि र नगरपालिकामा बहालवाला कर्मचारीका साथ भेटिएपछि नगरपालिकाले कारबाही अघि बढाएको नगर प्रमुख शम्भु लाल श्रेष्ठले बताए।

मेयर श्रेष्ठ संयोजकत्वमा ७ सदस्य रहेको छानबिन समिति बनाइएको छ । समितिको सिफारिसका आधारमा प्रमाण भेटिए अनुसारको कारवाही हुने श्रेष्ठले बताए ।

‘भिडियोमा केही जनप्रतिनिधि र केही कर्मचारीको अनुहार देखिएको कुरा छ, छानबिन समिति बनेको छ, समितिले गरेको सिफारिसका आधारमा कारवाही हुन्छ’ उनले भने ।

मेयर श्रेष्ठकाअनुसार तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा सुविधा बन्द गर्ने र करारका कर्मचारीलाई सेवाबाट हटाउने र सरकारी कर्मचारीलाई कानुन अनुसार कारवाही गर्ने तयारी छ।