२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना योजना कटौती, जेन जेड शहीदलाई १ लाख दिने कोशी मन्त्रिपरिषद् बैठकको निर्णय

अ+ अ-

काठमाडौँ। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पाँच लाख भन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

जेन जेड आन्दोलनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैयाँभन्दा कमको योजना कटौती गर्ने निर्णय गरेको हो।

कटौती भएको बजेटबाट जेनजी आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरूको पुनर्निर्माण गरिनेछ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बैठकले आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने व्यक्तिका परिवारलाई काजकिरिया लागि प्रतिपरिवार १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

यो सहयोग कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा मृत्यु भएकाहरूले मात्रै पाउनेछन्। जेन जेड आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको थियो ।

बैठकले कोशी प्रदेशमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूका लागि प्रदेश सरकारले उपचार खर्च व्यहोर्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट आन्दोलनका क्रममा भौतिक पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको छ । मन्त्रालयलाई प्रतिवेदन पेश गर्नका लागि कात्तिक ९ गतेसम्मको समय दिएको छ ।

आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालय परिसरमा रहेको छुट्टै भवनको कार्यकक्षमा चुच्चे नक्सा अगाडि मन्त्रीपरिषद् बैठक बसेको थियो। बैठकको निर्णय मन्त्री भण्डारीले आगजनीले डढेको कार्यालय परिसरबाट सार्वजनिक गरेका थिए ।