काठमाडौँ । जेन जेड युवा पुस्ताद्वारा भएको प्रदर्शनपछि समाजमा उत्पन्न हुन सक्ने उच्छृङ्खल गतिविधि वा समस्या व्यवस्थापन गर्न गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ।
सहायक प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार, समस्या, सूचना, गुनासो, सल्लाह वा सुझाव भएमा नागरिकहरूले मोबाइल नम्बर ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइभरमार्फत जानकारी गराउन सक्नेछन्।
आचार्यले सबै सम्बन्धित व्यक्तिहरूलाई उक्त नम्बरमा सम्पर्क गर्न गृह मन्त्रालयले अनुरोध गरेको बताए।








