काठमाडौँ । भदौ २३ र २४ गतेको जेन जेडको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेन जेड आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।
प्रदर्शनका क्रममा भएको अकल्पनीय भौतिक र मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ ।
जेन जेडको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने निर्णय बैठकले गरेको हो ।







