काठमाडौँ । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ तुइन खोलामा माथिबाट ठूलो पहिरो खसेको हो । पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन ठप्प भएको छ ।
रात परेको कारणले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले नारायणगढबाट जाने सवारीलाई वरै सुरक्षित ठाउँमा नै रोकिन आग्रह गरेको छ ।







