काठमाडौँ । सशस्त्र प्रहरीले धनुषाबाट बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले दिउँसो गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।







