काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विकास र सुशासनलाई सरकारको प्राथमिकता भएको बताएका छन् ।
सप्तरीको महदेवा गाउँपालिका-५ दुर्गापुरमा आज आयोजित कार्यक्रममा उहाँले युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउनुपर्नेमा जोड दिँदै संघीयताको रक्षा र मजबुतीका लागि प्रदेश सरकार दृढतापूर्वक खडा रहेको बताए । उनले प्रदेश सरकार सुशासन, विकास र जनकल्याणका कार्यक्रमप्रति प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
त्यस अवसरमा मुख्यमन्त्री समक्ष स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत आवश्यकता र विकास–निर्माणका प्राथमिकतासाथ राखेका थिए ।







