काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन जेड आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले गरेका हालसम्मका अभिव्यक्ति, कदम र नियुक्ति सकारात्मक रहेको टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आन्दोलनको राप ताप कम हुँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हाबी हुने खतरा रहेको उल्लेख गरे। “त्यसरी भए युवाहरूको असन्तुष्टि र आक्रोश पुनः विस्फोट हुन सक्छ,” भट्टराईले चेतावनी दिएका छन्।
उनका अनुसार सरकारको निष्ठा पुराना शक्ति र यथास्थितितर्फ होइन, विद्रोही जेन जेड पुस्ता र परिवर्तनतर्फ हुनु आवश्यक छ। “अन्य कुरासहित मन्त्रीपरिषद् लगायत सबै नियुक्तिमा युवा समूहबाट कम्तीमा एक तिहाइ सदस्य राख्नु उपयुक्त हुनेछ,” भट्टराईले सुझाव दिएका छन्।







