२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनजीवन सामान्य बनाउन भूमिका खेल्न मानव अधिकार आयोगको अपिल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जनजीवन सामान्य बनाउँदै नागरिक अधिकारको प्रत्याभूति गर्न सरोकारवालासँग अपिल गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले जेन जेड आन्दोलनपछि मुलुकमा विकसित परिस्थितिलाई ध्यान दिँदै जनजीवन सामान्य बनाउन भूमिका खेल्न तीनै तहका सरकारसहित सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

जेन जेड आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले शान्ति सुरक्षामा गम्भीर चुनौती खडा गरेको आयोगको ठहर छ ।

आयोगले अहिलेको परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै संयमित आचरण, सहकार्य र एकीकृत योगदानका लागि सबै सरोकारवालालाई अपिल गरेको छ ।

जेन जेड आन्दोलनका क्रममा भएको क्षति भएका प्रशासनिक तथा आवश्यक पूर्वाधारको पुनः संरचना एवं मर्मतसम्भारमा आवश्यक बजेट र स्रोत साधनको व्यवस्था गर्नुपर्ने आवश्यकता आयोगले औँल्याएको छ ।

‘विकसित परिस्थितिमा सार्वजनिक सुरक्षा, कानूनको शासन र दैनिक अत्यावश्यक सार्वजनिक सेवा प्रवाह, न्याय, स्वास्थ्य, शिक्षा, सुरक्षा, सञ्चार, प्रशासनिक सेवासमेत’ लाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ,’ आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।