२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन

अ+ अ-

सिरहा । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि सिरहाका आधा दर्जन (छ वटा) पालिकाले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा ती पालिकाहरूको खाता सञ्चालनमा आउन नसकेका हुन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी तथा कोष नियन्त्रक दीपेशकुमार शर्माका अनुसार, जिल्लाका १७ मध्ये ११ वटा पालिकाको खाता सञ्चालनमा आइसकेको छ भने बाँकी छ वटा पालिकाको खाता हालसम्म पनि सञ्चालनमा आएको छैन । खाता सञ्चालनमा नआएका पालिकाहरूमा धनगढीमाई, सुखीपुर, सिरहा नगरपालिका, साथै भगवानपुर, बिष्णुपुर र बरियारपट्टी गाउँपालिका रहेका छन् ।

शर्माका अनुसार, खाता सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर वा गाउँसभाबाट पारित गरी कार्यालयमा बुझाउनु आवश्यक हुन्छ । साथै, पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिएसम्म खाता सञ्चालन गर्न पाइँदैन । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त स्रोत खर्च गर्दा पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।

बैंक खाता सञ्चालन नहुँदा ती पालिकाहरूमा कर्मचारीको तलब, भत्ता, विकास निर्माणलगायतका आर्थिक गतिविधिहरू प्रभावित भएका छन् । हालसम्म खाता सञ्चालनमा आइसकेका ११ पालिकामा सखुवानन्कारकट्टी, नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा, औरही, नरहा गाउँपालिका र लहान, गोलबजार, कल्याणपुर, कर्जन्हा, मिर्चैया नगरपालिका रहेका छन् ।