काठमाडौँ । भदौ २४ गते जेन जेडको आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा अराजक समूहले गरेको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
रुंगटाको घरमा घरेलु कामदारका रूपमा कार्यरत पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ की ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएका हुन् । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार १०: २२ बजे उनको मृत्यु भएको हो ।
वीरगन्ज महानगरपालिका-१३ मा रहेको रुंगटाको निवास परिसरमा रहेका भवनहरू जेन जेड आन्दोलनले तोडफोड र लुटपाट गर्दै आगजनी गरेका थिए। त्यस बेला घरको तेस्रो तल्लाको छतमा रहेकी हजारा र अर्का एक युवकलाई जलेर गम्भीर भएको अवस्थामा महानगरपालिकाको वारुण यन्त्रको भर्याङको सहयताबाट उद्धार गरिएको थियो ।
गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको थियो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । त्यही उपचारका क्रममा सोमबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







