२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री सरिफबीचको भेटसँगै अमेरिकी लगानीकर्ताको स्वामित्वमा टिकटक जाने तयारी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग बन्द–ढोका सत्रसहित उच्च–स्तरीय द्विपक्षीय बैठक गर्ने तयारी भएको ह्वाइट हाउसले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा भाग लिएपछि सरिफ वासिङ्टन पुग्ने भएका छन् । उनले बुधबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानको ऋण समस्या समाधान बिना विश्वव्यापी चुनौतीहरूको समाधान सम्भव नभएको चेतावनी दिएका थिए। यसले इस्लामाबादले हरित गृह ग्यास उत्सर्जन घटाउन चालेको दाबीलाई कमजोर बनाएको टिप्पणी गरिएको छ ।

मंगलबार ट्रम्प र पाकिस्तानसहित आठ इस्लामिक–अरब देशका नेताहरूबीच भेट हुँदा सरिफले अनौपचारिक रूपमा ट्रम्पसँग कुराकानी गरेका थिए । पाकिस्तानी विदेश मन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री शाहबाज र उपप्रधानमन्त्री र विदेशमन्त्री सिनेटर इशाक दार पनि छलफलमा सहभागी भएको बताएका छन् ।

तालिकाअनुसार, सरिफसँग भेटअघि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने छन् । यसमा टिकटक सुरक्षा सम्झौताको अन्तिम निर्णय पनि समावेश हुनेछ ।

सोमबार ह्वाइट हाउसले यसै साताभित्र सम्झौतामा ट्रम्पले हस्ताक्षर गर्ने घोषणा गरेको थियो । सम्झौताअनुसार टिकटक अमेरिकी लगानीकर्ताहरूको बहुमत स्वामित्वमा रहनेछ र राष्ट्रिय सुरक्षा तथा साइबर सुरक्षा विशेषज्ञता भएको बोर्डद्वारा सञ्चालित हुनेछ ।

ओरेकलले विश्वसनीय सुरक्षा प्रदायकका रूपमा सबै अमेरिकी प्रयोगकर्ता डाटाको स्वतन्त्र निगरानी गर्नेछ, जुन अमेरिकाभित्रैका ओरेकल सञ्चालित सर्भरहरूमा भण्डारण गरिनेछ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सम्झौताका सर्त स्पष्ट गर्दै भने, “राष्ट्रपतिले यस हप्ताभित्र आधिकारिक सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ ।”

यसअघि, चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि अमेरिकामा टिकटक सञ्चालनलाई निरन्तरता दिन सम्झौतामा सहमति जनाएका थिए । ट्रम्प र सीबीच टेलिफोन वार्तापछि बाइटडान्सले आवश्यक प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो । कम्पनीले चिनियाँ कानूनअनुसारको काम निरन्तर गर्ने बताउँदै अमेरिकी प्रयोगकर्ताहरूलाई सेवा दिन प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ अप्रिलमा पारित कानुन अनुसार जनवरी १९ देखि टिकटक प्रतिबन्धित हुने प्रावधान थियो, तर ट्रम्प प्रशासनले कार्यान्वयन नगरेको हो । अमेरिका र चीनबीच भइरहेको प्रस्तावित सम्झौताअनुसार अमेरिकी लगानीकर्ताहरूले टिकटकको ८० प्रतिशत नियन्त्रण गर्ने र बाँकी २० प्रतिशत बाइटडान्ससहितका चिनियाँ कम्पनीहरूले राख्ने योजना रहेको द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्सले जनाएका छन् ।