काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार, बैठकमा मुख्यतः नियमित प्रस्तावहरू माथि छलफल र निर्णय हुने बताइएको छ भने कतिपय विशेष निर्णयहरूसमेत आउन सक्ने सम्भावना रहेको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो । बैठकपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ। सम्बोधनमा प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी विषयलाई प्राथमिकता दिने बताइएको छ।







