काठमाडौँ । चिरञ्जीवी चटौत सचिवमा बढुवा भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले चटौतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक प्राविधिक सचिवको पदका लागि सहसचिव चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य र नवीनराज सिंहको नाम सिफारिस गरेको थियो ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका तत्कालिन सचिव सुरेश आचार्य अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा चटौतको बढुवा भएको हो ।



