२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ ।

इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा जेन जेड आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।

पार्टीले तोडफोड र आगजनीपछि इन्जिनियरलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने भनेर अध्ययन गर्न लगाएको थियो । उहाँका अनुसार सात कोठा ‘रेक्ट्रोफिट’ गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनः निर्माण गर्नुपर्ने इञ्जिनियरहरुको सुझाव रहेको छ ।

“इञ्जिनियरहरुको प्रतिवेदनमा प्रवलीकरण गरेर कार्यालयको भवनमा बस्न मिल्ने भएको छ”, उनले भने, “बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ, अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त बस्ने भन्नेमा पार्टीले चाँडै नै निर्णय गर्नेछ ।”

पार्टीको निर्वाचन विभागका प्रमुख आचार्यले आगजनी र तोडफोडबाट केन्द्रीय कार्यालयका सबै सामान जलेर नष्ट भएको बताए । उनले पार्टीले चाँडै नै केन्द्रीय कार्यालय भवनको प्रवलीकरण गर्ने जानकारी दिए।

गत भदौ २४ गते भएको जेनजेडको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएका जनाइएको छ ।