सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिई सुरक्षित, शान्तिपूर्वक तथा मर्यादित भई चाडपर्व मनाउन सबैलाई अनुरोध गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै मादक तथा नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झैझगडालगायत कार्य गरी शान्ति सुरक्षालाई असर पार्ने, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुको ढुवानी, बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन आग्रह गरेको हो ।
सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, तोकिएकोभन्दा बढी भाडा असुल उपर नगर्न र ट्राफिक नियमको पालना गर्न पनि सूचनामा आग्रह गरिएको छ ।







