२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

अ+ अ-

ढोरपाटन (बागलुङ) । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन्। १० दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्‍याउने गरेका छन्।

मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्‍याउने गरेका छन्।

यतिबेला सडक छेउछाउमा बाक्लै च्यांग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन्।

हिमाली क्षेत्रमा हुर्किएका च्यांग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ।

मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्यांग्राको मूल्य चितवन र बुटवलसम्म पुर्‍याउँदा बढी हुने गरेको व्यापारी बताउँछन्।

व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्यांग्रापालक किसान नामदेव गुरुङले बताए।

तीन दिन हिँडेर बागलुङ आइपुग्नुभएका गुरुङले पोखरासम्म पुगेर फर्किने बताए। ३०० च्यांग्रा लिएर आएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाए।

आफूहरूले उत्पादन गरेको च्यांग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने उनको भनाइ छ। हिमाली गोठबाट खरिद गरेको च्यांग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउँछन्।

भदौ महिनामै व्यापारीहरू गोठमा पुगेर खरिद गर्छन्, कतिले त अघिल्लो वर्ष नै बैना दिएर आएका हुन्छन्, उनीहरूले गोठमा सस्तोमै पाउँछन्, बजार पुर्‍याउँदा महँगो पर्छ, किनकि गाडीमा ढुवानी गरेर भाडा तिर्नुपर्छ, बाटोमा हिँडाउँदै लिए पनि खर्च धेरै हुन्छ,’ उनले भने,’सहरबजारका मान्छेले हिमाली च्यांग्रा खुब मन पराउँदा रैछन्,  दसैँमा त ठूलो सङ्ख्यामा च्यांग्रा बिक्री हुन्छ, पाल्न सके त राम्रो आम्दानी गर्न सकिन्छ, तर धेरै दुःख छ।’

च्यांग्राले हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाने हुँदा धेरैले महँगो रकम तिरेर किन्ने गर्छन्। पाँच वर्ष पुगेका च्यांग्रा मासुका लागि राम्रो मानिने डोल्पाका किसान थमसिंह बुढाले बताए।

सत्र दिनको यात्रा गरेर बागलुङ आइपुगेको बताउने बुढाले आफ्नो मुख्य आम्दानीको स्रोत च्यांग्रा व्यापार भएको बताए।

च्यांग्रा व्यापारबाट ९ जनाको परिवार चलाएको उनको भनाइ छ। च्यांग्रा हिउँ बढी हुने क्षेत्रमा पालन हुने भएकाले त्यसलाई हिउँचितुवा र ब्वाँसोबाट जोगाउन मुस्किल हुने बुढा बताउँछन्।

आफूले आठ वर्षदेखि निरन्तर दसैँमा च्यांग्रा लिएर बजार झर्ने गरेको सुनाउँदै बर्सेनि मूल्य बढ्दै गएको उनको भनाइ छ।

आफूले सुरुमा १२ हजारदेखि बिक्री गर्न सुरु गरेको भन्दै अहिले च्यांग्राको मूल्य करिब रु ५० हजारसम्म पुगेको बुढामगरले बताए। चितवन र बुटवलसम्म पुग्दा मूल्य अझै बढी हुने उनी बताउँछन्।

 ‘जति टाढा पुर्‍याइन्छ, च्यांग्राको मूल्य बढ्नु स्वाभाविक हो, ट्रकमा ढुवानी गर्दा भाडा तिर्नुपर्छ, हिँडाउँदै लैजाँदा पनि गाह्रो हुन्छ, अघिल्लो वर्ष बुटवल पुगेको थिए, यसपालि पोखराबाट फर्किने योजना छ, हरके वर्ष मूल्य बढेको बढ्यै छ, बाहिरी व्यापारीले गर्दा च्यांग्राको मूल्य बढेको हो, गोठालाले नै ल्याउने हो भने त्यति धेरै पर्ने थिएन,’ उनले भने।

मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग देशका ठूला सहरमा च्यांग्रा भित्रिने गरेका छन्।

तिब्बतबाट समेत भेडाच्यांग्रा भित्रिने गरेका छन्। दसैँको खर्च जोहो गर्नका लागि यो सिजनमा बजार झरेको च्यांग्रा व्यापारी मोहन लामाले बताए।

आफूले १५ वर्षदेखि चितवन, पोखरा र काठमाडौंमा च्यांग्रा व्यापार गर्दै आएको सुनाए।

च्यांग्रासँगै बागलुङका किसानले पनि भेडा बिक्री गर्न बजार झरेका छन् । जिल्लाको तमानखोला, ढोरपाटन, निसीखोलाको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडा पालनमा आबद्ध छन्। उनीहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्‍याउने गर्छन्।