२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परम्परा र संस्कृतिसँगै हस्तकला जगेर्नामा ‘टेम्केमैयुङ’

अ+ अ-

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षण र प्रवर्द्धनमा जुटेको छ। पुराना सीप, कला र जीवनशैलीलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो।

गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाइ तालिमसहित सात–सात दिने लुकुनी, हलो जुवा, विनायो बाँसुरी, डोको–डालो, मान्द्रो, चित्रा, भकारी, घुम, पेरुङ्गो, गुन्द्री, पिरा, सुकुललगायत दैनिक जीवन र सांस्कृतिक महत्त्व बोकेका सामग्री बनाउने सीप सिकाउने तालिम सञ्चालन गरेको छ। यस्तै, किराँत संस्कृतिमा प्रयोग हुने धनुकाड र जाली रुमाल बनाउन तालिम पनि दिइएको छ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार परम्परागत हस्तकलाको संरक्षणसँगै बजारसम्म पुर्‍याउने र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको हो। उहाँले भन्नुभयो, “हामीले यी सीपलाई जगेर्नासँगै आधुनिक प्रविधिसँग जोडेर जीवन्त बनाउन खोजेका हौँ। यसबाट युवाले आत्मनिर्भरता हासिल गर्ने मात्र होइन, संस्कृतिको पहिचान पनि जोगिन्छ।”

उनका अनुसार यो कार्यक्रम केवल तालिममै सीमित नभई दीर्घकालीन रूपमा स्थानीय सीप र संस्कृतिलाई आत्मनिर्भर अर्थतन्त्रसँग जोड्ने उद्देश्य लिएको छ। यसले नयाँ पुस्तामा हस्तकला र परम्पराप्रतिको आकर्षण बढाउँदै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईका अनुसार गाउँघरमा हराउँदै गएका परम्परागत सीपलाई प्रशिक्षणमार्फत पुनर्जीवित गर्ने प्रयास गरिएको छ। “आजका बालबालिका र युवालाई परम्परागत हस्तकलाबारे कम जानकारी छ,” उहाँले भन्नुभयो, “तालिममार्फत उनीहरूलाई व्यावहारिक सीप सिकाएर संस्कृतिको जगमा उभ्याउन खोजिएको हो।”

गाउँपालिकाले चोमोलुङमा युनेस्को सेन्टर, काठमाडौँसँग सहकार्य गर्दै विभिन्न खालका सीप प्रशिक्षण दिएको छ। यहाँका ६५ जना महिला र पुरुषलाई परम्परागत हस्तकलाको सीप सिकाइएको र सिकाइएका सीपलाई गाउँमै प्रयोग गरी उत्पादन बढाई बजारसम्म पुर्‍याउने तयारी गरिएको छ।

स्थानीय जानकारहरूका अनुसार परम्परागत हस्तकला यहाँका बासिन्दाको जीवनशैली, संस्कृतिसँग गहिरो सम्बन्धित छ। उचित प्रविधि, डिजाइन र बजार व्यवस्थापन भएमा यी उत्पादनले गाउँमा स्वरोजगार सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको छ।