काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजेड आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ।
पञ्चकन्या गाउँपालिका-२ का राईको गएराति १२ बजे मृत्यु भएको पारिवारिक सदस्यहरूले जानकारी दिएका छन्।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएको छ। राई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए।
दुई दिनसम्म आईसीयूमै उपचाररत राई काठमाडौँको बालाजुमा मजदुरी गर्दै आएका थिए। उनका परिवारसँग उनको नियमित सम्पर्क थिएन। गोली लागेर उनी टाउकोको पछाडिको भागमा गम्भीर घाइते भएका थिए र उपचारकै क्रममा कोमामा थिए।







