काठमाडौँ । काठमाडौँको काष्ठमण्डप नजिकै आज बिहानैदेखि लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
काठमाडौँ महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको थियो ।
उक्त आगलागी बिहान ९ बजे नियन्त्रणमा आएको र अहिले क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आगलागी नेपाली सेनाको रणभैरव गण र शार्दुलजंग गुल्मले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौँ महानगरपालिका तथा भक्तपुर नगरपालिकाको दमकल, जनप्रतिनिधि र स्थानीयहरूको सहयोगमा नियन्त्रणमा लिएको हो ।







