२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालमा दुर्लभ मस्तिष्क शल्यक्रिया

अ+ अ-

काठमाडौँ । वीर अस्पतालमा एक बिरामीको मस्तिष्कमा भएका ६ वटा धमनी (एनोरिजम) मध्ये एक फुटेको अवस्थामा एक पटकमा शल्यक्रिया गरिएको छ। उक्त जटिल शल्यक्रिया गर्न करिब नौ घण्टा लामो समय लागेको थियो ।

यो कठिन अपरेसन न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा. राजीव झाको नेतृत्वमा भएको थियो । उनीसँगै डा. अन्जन सिंह कार्की र डा. मदन बजगाईँ (न्युरोसर्जन), डा. प्रदीप वैद्य र डा. अनुज जे. कार्की (एनेस्थेसिया टोली) र नर्स सिन्धु गौतम तथा अस्मिता कार्की सहितको टोलीको संयुक्त प्रयासबाट शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।

उक्त शल्यक्रियाको क्रममा पाँच धमनीलाई क्लिप लगाएर बन्द गरिएको थियो भने एउटा धमनीलाई विशेष कपडा (निर्मलीकरण गरिएको) ले बेरेर सुरक्षित राखिएको थियो । सामान्यतया एउटै व्यक्तिमा धेरैवटा एनोरिजम भएको अवस्थामा अलग–अलग शल्यक्रिया गरिन्छ । तर यो केसमा भने मस्तिष्कको एकापट्टि (बायाँपट्टि) बाट मस्तिष्कको अन्य भागहरूमा भएका एनोरिजमलाई उपचार गर्न सकिएको थियो, जसमा अर्कोपट्टिका एनोरिजमहरू समेत मस्तिष्कको एकै ठाउँ (बायाँ) बाटै एकै पटकको शल्यक्रियाबाट सुरक्षित गरिएको थियो ।

अपरेसनपछि बिरामीको स्वास्थ्य स्थिति सुधार भएको छ । उनी केही समयपछि घर फर्कन सक्ने बताइएको छ ।