२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्नुपर्नेमा सरोकारवालाहरूको जोड

अ+ अ-

काठमाडौँ । सरोकारवालाहरूले सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड दिएका छन् । 

आज ‘भर्चुअल’ माध्यमबाट गरिएको विपद् संवादमा उनीहरूले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा जुट्न सम्बन्धित सरोकारवालाहरू तयार रहनुपर्नेमा जोड दिएका हुन् । 

यही असोज २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा गैरसरकारी संस्थाहरूको भूमिका सम्बन्धमा विपद् संवाद गरिएको हो ।

संवादमा गृहसचिव रामेश्वर दंगालले सम्भावित विपद् व्यवस्थापनका लागि राज्यका तर्फबाट गरिने पहलका लागि आवश्यक छलफल, निर्देशन एवं कतिपय राजमार्गहरूमा सवारी आवागनमासमेत गरिएको जानकारी दिए।

सचिव दंगालले राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको ठूलो भूमिका भएकाले विपद्का सन्दर्भमा आफ्नो भूमिका पहिचान गरेर योगदान गर्न आग्रह गरे ।

विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाका महासंघ तथा नेटवर्कका प्रमुख एवं पदाधिकारी एवं विज्ञहरूले आ-आफ्नो संगठनका तर्फबाट गरिएको पूर्वतयारी एवं उद्धार तथा राहत क्षमताका बारेमा जानकारी दिँदै मौसम र नदीको स्थितिअनुसार संक्षिप्त एवं स्पष्ट सूचना प्रवाह गरिनुपर्नेलगायत सुझाव दिए ।

विपद् संवादका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुङ्गासम्बन्धी संघसंस्था तथा निजी क्षेत्रसँग समझदारी गरिएको जानकारी दिँदै विपद्को अवस्थामा उहाँहरूको सहयोग प्राप्त हुने बताए ।

कार्यकारी प्रमुख भट्टले पूर्वानुमानसम्बन्धी अद्यावधिक जानकारीलाई यथाशक्य छिटो र बुझिने गरी समुदायसम्म सम्प्रेषण गरिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सबै नेटवर्कहरूलाई सक्रिय बनाउन गैरसरकारी क्षेत्रलाई आग्रह गरे ।

संवादमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ बाढीविद् विनोद पराजुली र मौसमविद् विनु महर्जनले असोज १८ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र असोज १९ गते कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।