२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

स्थानीय, प्रहरी र यात्रुको प्रयासमा केहीबेरमा बाटो खुलाइएको थियो। तर माथिबाट फेरि पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ।

अ+ अ-

काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा सडक आवागमन रोकिएको हो।

अहिले दुवै सडकखण्ड दुईतर्फी नै बन्द रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, राति करिब २ बजे बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो।

स्थानीय, प्रहरी र यात्रुको प्रयासमा केहीबेरमा बाटो खुलाइएको थियो। तर माथिबाट फेरि पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षासँगै ढुंगा–माटो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको बताइएको छ। बारम्बार पहिरो खस्दा सडक बन्द हुने क्रम जारी रहँदा यात्रुहरूले ठुलो सास्ती खेपिरहेका छन्।