पाँचथर । फिदिम नजिक तमोर नदी किनारमा सवारी दुर्घटना भएको छ। सागर ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू सवार गाडीभन्दा अगाडि रहेको अर्को गाडी खसेर ठूलो दुर्घटना भएको बताएका छन्।
ढकालले आफ्नो स्टाटसमा लेखेका छन्, “इमर्जेन्सि परेको छ, म भन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ। सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडीहरू पठाइदिनुहोस्, तमोर नदी नजिक, कार्तिके नजिक, फिदिम नजिक।”
प्रत्यक्षदर्शी हिमा ढकालका अनुसार गाडी करिब पाँच सय मिटर तल खसेको हो। उनका अनुसार पानी परिरहेको र उद्धारका लागि स्थानीय बासिन्दा घटनास्थलतर्फ लागिरहेका छन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।







