काठमाडौँ । बागमती नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि कुलेश्वर नजिकको सुकुम्वासी बस्तीका एक सय घरधुरीलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको छ ।
दिउँसो काठमाडौँ महानगरपालिका-१४ स्थित बल्खु बागमती खोलामा पानीको बहाव बढेर बस्तीमा पानी पसेको थियो ।
प्रहरीले उनीहरूलाई उद्धार गरेको छ । अहिले बागमती नदीले खतराको तह पार गरिसकेको छ ।







