२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाभित्रका १९ वटा जोखिमयुक्त स्थानमा दक्ष जनशक्ति र उपकरणसहित नेपाली सेना तैनाथ

अ+ अ-

काठमाडौँ । उपत्यकाभित्रका नदी-नालाहरूमा निरन्तर बढिरहेको पानीको बहावसँगै सम्भावित जोखिम न्यूनीकरणकाका लागि नेपाली सेनाले उद्धार कार्यलाई थप सशक्त बनाएको छ।

नेपाली सेना श्री गणेशदल गण र अन्य सुरक्षा निकायहरूको संयुक्त टोलीले शुक्रबार (मिति २०८२ असोज १८ गते)देखि उपत्यकाभित्रका १९ वटा जोखिमयुक्त स्थानहरूमा दक्ष जनशक्ति र आवश्यक उपकरणसहित पूर्वतैनाथी गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

बागमती नदीको बहाव बढेपछि काठमाडौँ महानगरपालिका-११, थापाथलीस्थित बागमती किनारको बस्तीमा जोखिम बढेपछि सेनाको टोलीले गुह्येश्वरी इलाका र टेकु दोभानस्थित सत्प्रयास वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई सुरक्षित रूपमा पचली भैरव मन्दिरमा स्थानान्तरण गरेको प्रशासनलाई जानकारी दिइएको छ । 

सेनाले स्थानीय प्रशासन र अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी उद्धार तथा राहत कार्य निरन्तर रूपमा अघि बढाइरहेको जनाएको छ।

सेनाका अनुसार, सम्भावित बाढी-पहिरो र डुबानबाट हुनसक्ने जनधनको क्षति कम गर्न आवश्यक उपकरण, उद्धार साधन र तालिमप्राप्त जनशक्ति सबै जोखिमयुक्त क्षेत्रमा अग्रिम रूपमा तयारी अवस्थामा राखिएको छ।

नेपाली सेनाले जनताको सुरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताउँदै जोखिमयुक्त क्षेत्रमा नजान र सतर्क रहन सबैलाई अनुरोध गरेको छ।