२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैरहवामा अलपत्र १५८ जना यात्रुलाई चार्टर विमानबाट काठमाडौँ ल्याउने तयारी

अ+ अ-

काठमाडौँ । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रूपमा काठमाडौँ पुग्नै पर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका १५८ जना यात्रुहरूलाई काठमाडौँ ल्याउन लागिएको हो । 

भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ ।

यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

काठमाडौँबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्ने र सोही विमानमा यात्रुहरू फर्काउने तयारी रहेको बताइएको छ।