२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले बीपी राजमार्ग क्षतिग्रस्त, मध्यपहाडी लोकमार्ग २४ घण्टादेखि अवरुद्ध

अ+ अ-

सिन्धुली । लगातार दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग पुन: बन्द भएको छ। बीपी राजमार्ग अन्तर्गत नेपालथोक–भकुण्डेवेशी खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो।

रोशी खोलामा आएको बाढीका कारण सो खण्डका एक दर्जनभन्दा बढी स्थानमा सडक बगाएर क्षतविक्षत बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यसअघि असोज ११ र १२ गतेको बाढीले क्षति पुर्‍याएको सडकमा अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालन गरिएको थियो। तर पछिल्ला वर्षासँगै आएको बाढीले ती अस्थायी ट्र्याकहरू पनि पुनस् बगाएको हो।

सुनकोशी गाउँपालिका–१ को गजुली दहमा पहिरो खसेर सडक अवरुद्ध भएको छ भने नेपालथोक–घ्याम्पे खोलाको क्षेत्रमा सडक बगाएको प्रहरीले जानकारी दिएको छ। यस्तै, सुनकोशी–६ कानढुङग्रेमा ढुङ्गा र माटोसहितको पहिरो खसेर शनिबारदेखि नै राजमार्ग बन्द भएको छ।

शनिबारदेखि नै राजमार्ग खुलाउन पहल भइरहेको भए पनि लगातारको वर्षाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। यसैबीच, कमलामाई नगरपालिका–८ हर्दियामा खोला र पहिरोका कारण सिन्धुली–भिमान खण्ड पनि आइतबार बिहानदेखि अवरुद्ध बनेको छ। त्यहाँ स्थानीयको सहयोगमा तीनवटा जेसीबी प्रयोग गरी अवरोध पन्छाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

सिन्धुलीमा बीपी राजमार्ग मात्र होइन, मध्यपहाडी र मदन भण्डारी लोकमार्गहरू पनि लगातारको वर्षाका कारण अवरुद्ध भएका छन्। मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–६ नागस्थान र गोलन्जोर गाउँपालिका–६ अक्करे भिरमा ढुङ्गा, माटो र लेदो सहितको पहिरो खसेर सडक बन्द भएको छ।

त्यसैगरी, मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुली–हेडौंडा पश्चिम खण्ड पनि अवरुद्ध छ। मरिन गाउँपालिका–२ सिन्दुरे दोभानमा पहिरो गएपछि इलाका प्रहरी कार्यालय कपिलाकोटको समन्वयमा अवरोध पन्छाउने काम जारी रहेको जनाएको छ।