इलाम । नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाहरूबाट चार जना गर्भवती महिलाहरूको उद्धार गरिएको छ।
उद्धारमा गरिएका महिलाहरूमा इलाम माइजोगमाई गाउँपालिका-५ शिरसिरेकी विद्या राई, इलाम सन्दकपुर गाउँपालिका-१ छाँगेकी कमलादेवी राई, पाँचथर फिदिम नगरपालिका-१२ पुलभञ्याङ्गकी २४ वर्षीया लिम्सा लिम्बु, र सङ्खुवासभा भोटखोला गाउँपालिका-३ हुङगुङकी ४२ वर्षीया छिटेक भोटे रहेका छन्।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी बी एण्ड सी अस्पताल, झापा र कोशी प्रादेशिक अस्पताल, विराटनगरमा उपचारका लागि पुर्याइएको छ।







