२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलामका पहिरो प्रभावितलाई राहत प्याकेजका लागि गरे दुई मन्त्रीसँग सुहाङले गरे छलफल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलाम पहिरो प्रभावितका लागि राहत प्याकेजबारे गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग छलफल गरेका छन् ।

इलाम(२ का निवर्तमान सांसदसमेत रहेका नेम्वाङले दुई मन्त्रीसहित विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत तथा पुनः स्थापनाको योजनाबारे पनि ध्यानाकर्षण गराएका छन् ।

भेटबारे जानकारी दिँदै उनले भनेका छन्, ‘इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् । घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ, विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ । यो कठिन घडीले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ ।’

उनले मन्त्रालय र प्राधिकरणसँगको छलफलका भएको ४ विषयसहित मृतकका सबै परिवारलाई क्षतिपूर्ति दिने, एक जना गुमाएको खण्डमा २ लाख रुपैयाँ र एकभन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने (पालिकाबाट व्यवस्थापन गरिने) बारे पनि छलफल भएको बताएका छन्।