काठमाडौँ । एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान गरेको छ।
मगंलबार बिहान २३ खेलाडीसहित ४० जनाको जम्बो टोली भियतनाम प्रस्थान गरेको हो।
नेपाल र भियतनामले अक्टोबर ९ र १४ गते एएफसी एसियन कप छनोट खेल्ने छन्। खेल भियतनामको बिन दुङ रंगशालामा खेलिने छ।







